विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीलाई अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीको माग

650
shares

बुटवल । नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।

प्रतिष्ठानले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो । प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्‍याएर प्रथम शहीद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम शहीद बताउनु आश्चर्यजनक र शंकास्पद भएको बताए ।

‘लखन थापालाई प्रथम शहीद घोषणा गरेर हुलाक टिकट प्रकाशन भयो, पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि आइसक्यो’, उनले भने, ‘लखन थापा प्रथम शहीद नभएको भए ओली आफैं प्रधानमन्त्री हुँदा खारेज गर्नुपथ्र्यो, अहिले जथाभावी बोल्नुले मगर समुदाय माथि अपमान भएको छ ।’ मगर संघका अगुवा जनक थापा मगरले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए मगर समुदायले एकीकृत आन्दोलन थाल्ने बताए ।

ओलीले गत १८ गते काठमाडौंमा पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी बोलेको विरोधमा केही दिनयता रुपन्देहीमा दिनहुँ आन्दोलन भइरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports