kumari
stcnepal

निर्वाचन आयोगले आज देखी आचारसंहिता लगाउने

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबार देखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आज बाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए ।

आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लाग गर्ने भएको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्था विरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । आयोगले सामाजिक सञ्जाल देखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरु सँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवा, बढुवा लगायत निर्णय गर्न पाउँदैनन् ।

 

 

 

footer