सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले आज देखी आचारसंहिता लगाउने

598
shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबार देखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आज बाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए ।

आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लाग गर्ने भएको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्था विरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । आयोगले सामाजिक सञ्जाल देखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरु सँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवा, बढुवा लगायत निर्णय गर्न पाउँदैनन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports