kumari
stcnepal

पाकिस्तानमा भोली नयाँ प्रधानमन्त्री चुनिने

पाकिस्तानको संसद्मा अविश्वास प्रस्ताव पारित भए सँगै प्रधानमन्त्री इमरान खान सत्ता बाट बाहिर भएका छन् । शनिबार राति त्यहाँको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा मतदान भएको थियो जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे ।

इमरान खानले उनलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए । उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो । अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ । नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

 

 

 

footer