kumari
stcnepal

डा. शशांक कोइराला सँग निर्वाचन आयोगले जवाफ माग्यो

काठमाडौं । निर्वाचन आयोगले चुनाव खर्च बारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला सँग जवाफ मागेको छ ।

कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोड भन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिन भित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

 

 

footer