kumari
stcnepal

भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुत्त

काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो ।

यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणे पछिका वरिष्ठ अधिकारी हुन् ।

हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियर समेत बन्ने समाचार एजेन्सी एएनआईले जनाएको छ । हाल सम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरी अधिकारीहरु हुने गरेका थिए ।

 

 

footer