kumari
stcnepal

एसियन खेलकुदमा नेपालले २३ खेलमा भाग लिने

काठमाडौं ।महिला भलिबल र फुटबल सहित नेपालले आसन्न एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको बोर्ड बैठकमा सहभागि सदस्यले  बताए ।

प्रतियोगितामा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले आसन्न एसियन गेम्समा सहभागी हुने भएका छन् ।

बोर्ड बैठकले एसियन गेम्सको तयारी, खेलाडी छनोट, बन्द प्रशिक्षण र आवश्यक बजेटको प्रक्रिया तत्काल अघि बढाउने निर्णय समेत गरेको छ । त्यस्तै बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुने पनि निर्णय गरेको छ ।

 

 

footer