विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसियन खेलकुदमा नेपालले २३ खेलमा भाग लिने

559
shares

काठमाडौं ।महिला भलिबल र फुटबल सहित नेपालले आसन्न एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको बोर्ड बैठकमा सहभागि सदस्यले  बताए ।

प्रतियोगितामा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले आसन्न एसियन गेम्समा सहभागी हुने भएका छन् ।

बोर्ड बैठकले एसियन गेम्सको तयारी, खेलाडी छनोट, बन्द प्रशिक्षण र आवश्यक बजेटको प्रक्रिया तत्काल अघि बढाउने निर्णय समेत गरेको छ । त्यस्तै बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुने पनि निर्णय गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports