kumari
stcnepal

राजधानीमै भोका जनताको संख्या बढ्दै, सरकार भने चुपचाप रमिते

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले कोहीपनि नेपाली जनता खान नपाएर मर्दैनन् खान नपाएकाहरुको जिम्मेवारी सरकारले लिन्छ भन्ने अभिव्यक्ति पटक पटक दिँदै आएका भएपनि व्यवहारमा भने त्यो लागु भएको छैन । कोरोना भाइरसका कारण सरकारले पहिलो पटक गत चैत्र ११ गते देखि मुलुकभरमै लकडाउन लागु ग¥यो । लकडाउन लागु भएको केही दिनपछि नै विभिन्न संघ संस्थाहरुले निःशुल्क खानाको व्यवस्था गरेको थिए तर त्यो क्रम धेरै चल्न सकेन । स्थानीय तहले समेत केही मात्रामा राहत बाँडे पनि त्यो पर्याप्त हुन सकेन ।

पहिलो चरणको लकडाउन समाप्त भएको घोषणा सरकारले गत श्रावण ६ गते ग¥यो । श्रावण ६ गते पछि जनताको जीवनस्तर सामान्य बन्दै गएपनि फेरी सरकारले कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको भनेर निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणको लकडाउन समाप्त भएको केही समय पछि निषेधाज्ञा जारी गरिएपछि दैनिक रोजगारी गरी जीवन धान्न बाध्य भएका जनता फेरी संकटमा परेका छन् । प्रधानमन्त्रीले खान नपाएर कोही मर्नुपर्दैन भन्ने अभिव्यक्ति त दिए तर व्यवहारमा त्यो लागु हुन नसकेको हुनाले निषेधाज्ञाको बेलामा पनि जनता खाना खोज्दै हिड्नुपर्ने बाध्यतामा रहेका छन् ।

पछिल्लो समयमा जनता रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेपछि निषेधाज्ञाको उल्लंघन हुने क्रम बढ्दो रुपमा रहेको छ । काठमाडौ उपत्यकामा रहेको खुल्लामञ्चमा प्रत्येक दिन भोकले थकित भएका जनता खानाको प्रतिक्षामा बसेका हुन्छन् । त्यहाँ प्रत्येक दिन दिनको दुई बजेपछि केही दाताहरुले खाना बाड्ने गरेका हुनाले त्यहाँ सयौँ मान्छेहरु भेला हुने गरेका र त्यहाँ न त सामाजिक दुरी कायम गरिएको हुन्छ नत उनीहरुले स्वास्थ्य मापदण्डलाई नै पालना गरेका हुन्छन् । मुलुकका कार्यकारी प्रधानमन्त्रीले नै भोकले कोही मर्नुपर्दैन त्यसको जिम्मेवारी सरकारले लिन्छ भन्ने अभिव्यक्ति दिईसकेपछि प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन हुनुपर्दछ कि पर्दैन ? सस्तो लोकप्रियताका लागि प्रधानमन्त्री जे पनि बोलीदिने गरेको आरोप प्रधानमन्त्री ओलीमाथि लाग्दै आएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास अगाडि नै केही दाताहरुले सयौँ भोका मान्छेहरुलाई खाना खुवाईरहेका हुन्छन् । के त्यो दृष्य प्रधानमन्त्रीले देखेका छैनन् ?प्रधानमन्त्रीको सचिवालयका कर्मचारी र मन्त्रीहरु त्यही बाटो हिड्दछन् मुन्टो बँग्याएर केही भोकै बस्नुपर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको बाचा अहिले कुन दुलोभित्र पसेको छ ? भोकले आफ्ना जनता मर्नुपर्ने अवस्था सिर्जना हुँदा आफ्नै बाचा पुरा नगर्ने प्रधानमन्त्रीलाई खोई के भन्ने ?

footer