सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजधानीमै भोका जनताको संख्या बढ्दै, सरकार भने चुपचाप रमिते

468
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले कोहीपनि नेपाली जनता खान नपाएर मर्दैनन् खान नपाएकाहरुको जिम्मेवारी सरकारले लिन्छ भन्ने अभिव्यक्ति पटक पटक दिँदै आएका भएपनि व्यवहारमा भने त्यो लागु भएको छैन । कोरोना भाइरसका कारण सरकारले पहिलो पटक गत चैत्र ११ गते देखि मुलुकभरमै लकडाउन लागु ग¥यो । लकडाउन लागु भएको केही दिनपछि नै विभिन्न संघ संस्थाहरुले निःशुल्क खानाको व्यवस्था गरेको थिए तर त्यो क्रम धेरै चल्न सकेन । स्थानीय तहले समेत केही मात्रामा राहत बाँडे पनि त्यो पर्याप्त हुन सकेन ।

पहिलो चरणको लकडाउन समाप्त भएको घोषणा सरकारले गत श्रावण ६ गते ग¥यो । श्रावण ६ गते पछि जनताको जीवनस्तर सामान्य बन्दै गएपनि फेरी सरकारले कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको भनेर निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणको लकडाउन समाप्त भएको केही समय पछि निषेधाज्ञा जारी गरिएपछि दैनिक रोजगारी गरी जीवन धान्न बाध्य भएका जनता फेरी संकटमा परेका छन् । प्रधानमन्त्रीले खान नपाएर कोही मर्नुपर्दैन भन्ने अभिव्यक्ति त दिए तर व्यवहारमा त्यो लागु हुन नसकेको हुनाले निषेधाज्ञाको बेलामा पनि जनता खाना खोज्दै हिड्नुपर्ने बाध्यतामा रहेका छन् ।

पछिल्लो समयमा जनता रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेपछि निषेधाज्ञाको उल्लंघन हुने क्रम बढ्दो रुपमा रहेको छ । काठमाडौ उपत्यकामा रहेको खुल्लामञ्चमा प्रत्येक दिन भोकले थकित भएका जनता खानाको प्रतिक्षामा बसेका हुन्छन् । त्यहाँ प्रत्येक दिन दिनको दुई बजेपछि केही दाताहरुले खाना बाड्ने गरेका हुनाले त्यहाँ सयौँ मान्छेहरु भेला हुने गरेका र त्यहाँ न त सामाजिक दुरी कायम गरिएको हुन्छ नत उनीहरुले स्वास्थ्य मापदण्डलाई नै पालना गरेका हुन्छन् । मुलुकका कार्यकारी प्रधानमन्त्रीले नै भोकले कोही मर्नुपर्दैन त्यसको जिम्मेवारी सरकारले लिन्छ भन्ने अभिव्यक्ति दिईसकेपछि प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन हुनुपर्दछ कि पर्दैन ? सस्तो लोकप्रियताका लागि प्रधानमन्त्री जे पनि बोलीदिने गरेको आरोप प्रधानमन्त्री ओलीमाथि लाग्दै आएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास अगाडि नै केही दाताहरुले सयौँ भोका मान्छेहरुलाई खाना खुवाईरहेका हुन्छन् । के त्यो दृष्य प्रधानमन्त्रीले देखेका छैनन् ?प्रधानमन्त्रीको सचिवालयका कर्मचारी र मन्त्रीहरु त्यही बाटो हिड्दछन् मुन्टो बँग्याएर केही भोकै बस्नुपर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको बाचा अहिले कुन दुलोभित्र पसेको छ ? भोकले आफ्ना जनता मर्नुपर्ने अवस्था सिर्जना हुँदा आफ्नै बाचा पुरा नगर्ने प्रधानमन्त्रीलाई खोई के भन्ने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports