kumari
stcnepal

युनाइटेड आर्सनल संग ३–१ गोल अन्तरले पराजित

काठमाडौं। आर्सनलले युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाइएको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्टी साकाले एक–एक गोल गरे ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । नुनोले खेलको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।​३२औँ मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दा युनाइटेड २–१ गोलको अवस्थामा आयो ।

५७औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले गोलमा परिणत गर्न सकेनन् । त्यसपछि १७औँ मिनेटमा ग्रान्टीले गोल गर्दै आर्सनललाई ३–१ गेलको जित दिलाए । जित सँगै आर्सनल ३३ खेलबाट ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित युनाइटेड ३४ खेल बाट ५४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

 

 

footer