kumari
stcnepal

सरकारकै कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगे : पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैं २०७७ को उपलक्ष्यमा एक सन्देश दिँदै वर्तमान परिस्थितिमा कोरोना भाइरसको नियन्त्रण र जनताको स्वास्थ्य उपचारमा सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको पुर्वराजा ज्ञानेन्द्र शाहले बताउनु भएको छ र कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे पूर्वराजा ज्ञानेन्द्र चिन्तित हुनुभएको छ ।

गत बिहीबार दसैँको अवसरमा शुभकामना दिँदै शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति चिन्तित बन्नुभएको हो । उहाँले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत हुन आग्रह समेत गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।’

त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाउनु भएको छ । यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको उहाँ द्वारा वक्तव्यमा जनाइएको छ ।

footer