kumari
stcnepal

वाइवाई गुणस्तरहिन, भेटिएपछि विनोद चौधरीलाई २ लाख जरिवाना

विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गर्दै आएको वाइवाइ चाउचाउ गुणस्तरहीन पाइपछि जरिवाना तिराइएको छ । काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको पाइएपछि कारबाही गरिएको जनाएको छ । परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अत्यधिक पाइएको छ ।

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चौधरीको चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको छ । ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको सबै चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । त्यसवापत चौधरीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

footer