kumari
stcnepal

ओली र दाहालको एकअर्कालाई आरोप : जाली र महाजाली !

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । पार्टीका दुवै अध्यक्षहरुले एकले अर्कोलाई गम्भीर आरोपहरु लगाउँदै पेपर वम एक अर्कामाथि प्रहार गरेका छन् । पार्टी भित्रको आन्तरिक द्वन्द्वको जड भनेको भागवण्डा नै कारक बनेको जस्तो देखिएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र २०७५ साल जेष्ठ ३ गते एकीकरण भएका थिए । यी दुवै पार्टीका जनआधारहरु फरक फरक ढँगले अघि बढेका हुनाले यिनीहरुको मिलन नै कठिनपूर्ण अवस्थामा भएको थियो । २०७४ फागुनमा भ्यालेन्टाइन्सको दिनमा नेकपाका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आपसमा गुलाफको फूल साटासाट गरेर एकले अर्कालाई प्रेम व्यक्त गरेका थिए । त्यही दिन ललितपुरको मानभवनमा एक व्यक्तिको निजी घरमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको थियो । सो बैठकमा केपी ओलीलाई प्रधानमन्त्री बन्न माओवादीले समर्थन गर्ने र जतिसक्दो छिटो दुवै पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट निर्माण गर्ने सहमति भएको थियो । त्यही फागुन ५ गते नै ओली र दाहालबीच गम्भीर छलफल भए । पार्टी एकताका लागि दुवै पक्ष सहमत भएका थिए । हतार हतारमा निर्णय गरेर पार्टी एकता गरिएको र दुवै पार्टीको धरातल फरक फरक ढँगले निर्माण गरिएको हुनाले अहिले समस्या देखिएको हो । तत्कालिन नेकपा एमाले २०३५ सालमा माले गठन भएको र पछि नेकपा एमालेमा परिणात भएको हो । उसले निर्वाचनमा सहभागि भएर बहुदलीय प्रणालीलाई स्वीकार गरिसकेको भएपनि माओवादी केन्द्रले त्यही नेकपा एमाले सहितले निर्माण गरेको २०४७ सालको संविधानलाई अस्वीकार गरि २०५२ सालमा फागुन २ गते देखि नै जनयुद्ध गर्ने भन्दै संविधानलाई अस्वीकार गर्दे जनयुद्धका लागि जंगल पसेको थियो । उसले जनताको हत्या गर्ने, सम्पत्ति लुट्ने लगायतका अनेक विधोंशात्मक कार्य गर्दै आफ्नो प्रभाव देखाएको थियो । रानजीतिक उदेश्य एउटै भएपनि यी दुवै पार्टी फरक फरक धारबाट आएका हुनाले अहिले उनीहरु बीचमा द्वन्द्व देखिएको हो ।

पार्टी एकीकरण हुँदै पार्टीमा दुई अध्यक्षको व्यवस्था गरिएको र पहिला आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपनि गत जेष्ठमा केपी ओलीले ५ वर्षसम्म नै प्रधानमन्त्रीमा रहिरहने र पुष्पकमल दाहालले पार्टीका कार्यकारी अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो । पार्टीका कार्यक्रमहरु र सरकार सञ्चालनमा दुवै अध्यक्षको सहमतिमा निर्णय गरिने भनिएता पनि दुवै अध्यक्षहरुले त्यसको पालना नगरेका र सरकार सञ्चालनमा प्रधानमन्त्रीले एकलौटी गरेको आरोप लगाउँदै कार्यकारी प्रधानमन्त्री ओली प्रति रुष्ट बन्दै गएका बेला पुष्पकमल दाहालले तत्कालिन नेकपा एमालेका नेताहरुभित्र देखिएको बेमेलेको फाइदा उठाउन खोजेको हुनाले पनि पार्टी विभाजनको संघारमा पुगेको छ । दुवै पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी निर्माण भएपश्चात् पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र जस्तै भएर अलग अलग रुपमा भागवण्डा गरिएकोले पार्टी एकीकृत भएको आभाष नेकपाकै कार्यकर्ताहरुले पाउन सकेका थिएनन् । तत्कालिन नेकपाभित्र रहेका गुट उपगुटहरुको समायोजन गर्न नसकेकाले गर्दा त्यसको फाइदा अध्यक्ष दाहालले उठाउन खोज्नु नै गलत थियो । पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थभन्दा माथि अध्यक्षहरु र पार्टीका वरिष्ठ नेताहरु माथि उठ्न नसकेकै कारण अहिले दुवै पार्टी अध्यक्षहरुले एकले अर्कोलाई जाली र महाजालीसम्म भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । पार्टी एकीकरण भएको प्रक्रिया नै पुरा भईनसकेको अवस्थामा पार्टी विभाजनको डिलमा पुगेको छ । दुवै अध्यक्षहरु अहिले एकले अर्कोलाई ठेगान लगाउने भन्दै आ आफ्नो पक्षलाई बलियो बनाउन लागि परेका हुनाले पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

दुवै अध्यक्षले एक अर्कालाई आरोप लगाउँदै पेपर वम प्रहार गरेपछि अहिले उनीहरु आ आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरु माथि एक अर्का विरुद्ध ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले आरोपै आरोपले भरिएको १९ पेजका आरोप पत्र बुझाएका थिए । ठीक त्यही दिन प्रधानमन्त्रीले समेत त्यो आरोपपत्रको उत्तर दिँदै दाहाललाई आफूमाथि लगाइएको सम्पूर्ण आरोपको खण्डन गर्दै पत्र बुझाएका छन् । दाहालको आरोप पत्रका अब ओलीले त्याग देखाउनुपर्ने प्रष्ट भाषामा उल्लेख गरेका हुनाले प्रधानमन्त्री ओली पक्षले त्यसलाई प्रधानमन्त्रीको राजिनामा मागिएको अर्थमा बुझेको छ । ओली पक्षीय नेताहरुले प्रधानमन्त्रीले दुवै पदबाट राजिनामा नदिने बरु परि आएका समस्याहरुसँग जुध्ने भन्दै त्यसै अनुरुपका कार्यहरु अघि बढाउँदै दाहालले प्रधानमन्त्रीमाथि लगाएको १९ पेजको आरोपपत्र तत्काल फिर्ता लिनुपर्ने बताइसकेका छन् भने दाहाल पक्षले त्यसलाई अस्वीकार गर्दै आफूले लगाएका आरोपका बारेमा सचिवालय स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटीमा समेत छलफल र बहस हुनुपर्ने अडान लिएको हुनाले नेकपाभित्रको द्वन्द्व रोचक मोडमा पुगेको छ । नेपालका राजनीतिक दलहरु पार्टीगत जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर विभाजित हुने कुनै नौलो परम्परा होइन । अहिले देखिएका सबै पार्टीहरु विभाजित हुँदै पुन एक भएका छन् ।

तत्कालिन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी एक्लो र माओवादी दुवै कमजोर अवस्थामा रहेकाले गएको निर्वाचनमा एक्लाएक्लै निर्वाचनमा जाँदा पराजित हुने अवस्था देखेर उनीहरु मोर्चाबन्दी हुँदै एक भएका र त्यही कारण उनीहरु संघीय संसद र ७ प्रदेशमध्येका ६ वटामा बहुमत ल्याएको भएपनि उनीहरुले जनताको हितमा काम गर्न नसकेको र अहिले एकले अर्कोलाई आरोप लगाउँदै फेरी जनतालाई झुक्याउनका लागि परेका हुनाले अब जनताले नक्कली कम्युनिष्टहरुबाटै सजग रहनुपर्ने अवस्था आएको हामीले ठानेका छौँ ।

footer