kumari
stcnepal

ताइवानको सुरक्षामा अमेरिकी सेनाको प्रयोग बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ प्रति चीनको कडा आपत्ति

काठमाडौं ।ताइवानको सुरक्षामा अमेरिकी सेनाको प्रयोग बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ प्रति चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय एकतामा कुनै सम्झौता नगर्ने बताएका छन् ।

वाङ यीले चिनियाँ नागरिकको संकल्पलाई कसैले पनि कम आँकलन गर्ने गल्ती गर्न नहुने बताए । चीनले बाइडेनको भनाइ प्रति गहिरो असन्तुष्टि व्यक्त गरेको छ । चिनियाँ विदेशमन्त्रीले चीनले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि ठोस कदम चाल्ने बताए ।

वाङ यीले भने, ‘हामीले जे भनिरहेका छौँ, त्यो चीनले जसरी पनि पूरा गर्नेछ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन क्वाड गुटको अध्यक्ष बनेपछि पहिलो पटक जापान पुगेका छन् । क्वाडमा अमेरिका बाहेक जापान, अस्ट्रेलिया र भारत छन् । बैठकमा बाइडेनका अलावा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्री पनि सहभागी हुनेछन् ।

बाइडेनले सोमबार जापानका प्रधानमन्त्री सँग संयुक्त पत्रकार सम्मेलन गरिरहेका थिए । यसै क्रममा एक पत्रकारले उनलाई ताइवानमा आक्रमण भए अमेरिकाले समर्थन गर्छ कि गर्दैन भनेर सोधेका थिए । जवाफमा, बिडेनले ‘गर्छौँ’ भन्ने जवाफ दिए । बाइडेनले विगतमा पनि यसका लागि आफूले प्रतिबद्धता जनाएका थिए ।

बाइडेनले भने, ‘हामी एक चीन नीतिमा सहमत छौँ । हामीले यो नीतिमा हस्ताक्षर गरेका छौं । तर ताइवानलाई बल प्रयोग गरेर चीन सँग मिलाउन सकिँदैन ।’एजेन्सी

 

 

footer