kumari
stcnepal

शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८ को विन्दुमा कायम

काठमाडौं ।आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८को विन्दुमा कायम भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यस बीचमा सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी मेघा बैंकको ९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै अरुण भ्यालीले ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । अरुण कावेलीले ३ करोड ८२ लाखको शेयर कारोबार गरेको छ भने नबिल बैंकको ३ करोड ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै अप्पर तामाकोशिको भने २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

footer