kumari
stcnepal

कि आरोप प्रमाणित कि कारबाहीको भागि हुनुपर्ने

पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतको सम्वैधानिक इजलासले बदर गरिदिएपछि उत्पन्न भएको राजनीतिक संकटले अझै समाधान पाउन सकेको छैन । राजनीतिक दलका शिर्ष नेताहरुकै कारण राजनीतिक संकट अझै बढ्दै गएको छ । सर्बोच्च अदालतले प्रतिनिधिसभाको विघटनलाई बदर गरिदिएको खण्डमा एक दुई दिनभित्रै राजनीतिक समस्या समाधान गछौँ भन्ने नेताहरु नै अहिले अन्यौलमा परेका छन् । गणितीय हिसाब अनुसार सत्ताधारी दल नेकपा एमाले बाहेकका संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी भित्र पनि आन्तरिक द्वन्द्व तीव्र रहेको छ । त्यसैगरी सत्ताधारी दल नेकपा एमालेभित्र पनि आन्तरिक द्वन्द्व तीव्र भएकै कारण राजनीतिक संकट समाधान हुनुको बदला अझ तीव्र रुपमा अघि बढ्दै गएको छ भने त्यसले तत्कालै निकास पाउन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।

गत फागुन ११ गते सर्बोच्च अदालतको सम्वैधानिक इजलासले विघटन भएको प्रतिनिधिसभालाई बदर गरिदियो र १३ दिन भित्रमा संसदको बैठक बोलाउन बाध्यात्मक आदेश समेत अदालतले जारी ग¥यो । अदालतलको आदेश अनुसार प्रतिनिधिसभाको बैठक बोलाइयो तर आजसम्म बसेको प्रतिनिधिसभाको बैठकले ठोेस निर्णय गर्न सकेको छैन भने सांसदहरुलाई भत्ता खुवाउने कार्यमा मात्र बैठक सिमित भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र २०७५ साल जेष्ठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको थियो । तर सर्बोच्च अदालतले नै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी २०७० सालमा नै निर्वाचन आयोगमा दर्ता रहेको भन्दै नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टीको दर्ता नै खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा कायम गरिदिएपछि एकमाथि अर्को समस्या थपिँदै गयो । अदालतको आदेश पछि नेपाल कम्युनिष्ट पार्टीमा एक भएका नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भए तर नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व समाधान भएन । पछिल्ला दिनमा नेकपा एमालेका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल लगायतका अन्य केही नेताहरुले समानान्तर पार्टी चलाईरहेका छन् भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा समेत नेपाल खनाल सहितका नेताहरु उपस्थित भएर आफ्ना कुरा राख्न नसक्नुको पछाडि माधव–खनाल पक्षका नेताहरुको पछाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ जोडिएको छ । दर्ता खारेज भएको नेपाल कम्युनिष्ट पार्टीमा रहँदा नेपाल–खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको विरुद्धमा खनिएका थिए । गत कार्तिक २८ गते पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीमाथि संगीन आरोप लगाउँदै आरोपपत्र दर्ता गराएका थिए । त्यो आरोपपत्र दाहालको मात्र नभएर आफूहरुको समेत हो भन्ने नेपाल खनाल पक्षले अहिले सो आरोपपपत्रमा उल्लेख गरिएका विषयहरुलाई प्रमाणित गराउन सकेका छैनन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षको हैसियतमा अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई लगाएका आरोपहरुलाई प्रमाणित गर्न नसकेकै अवस्थामा नेकपाको दर्ता खारेज भएपछि मुख्य आरोपी दाहाल अर्को पार्टीका अध्यक्ष भएकाले अब सो आरोपपत्रमा उल्लेख गरिएका विषयहरुको प्रमाणित गराउने जिम्मेवारी नेपाल खनाललकै हो । किन भने वहाँहरु दुवै अहिले पनि कानुनी रुपमा नेकपा एमालेकै वरिष्ठ नेता र सांसद हुुनुहुन्छ । आफ्नै पार्टीका अध्यक्षलाई प्रमाणि हुनै नसक्ने संगीन आरोपहरु लगाउँदै आएका व्यक्तिहरुले अहिले ती आरोपहरु प्रमाणित गर्न नसकेको खण्डमा उनीहरुमाथि पार्टीले कारबाही गर्न सक्नुपर्दछ । पार्टीका वरिष्ठ नेता माधव नेपालले पटक पटक सार्वजनिक रुपमै भन्दै आउनुभएको छ । पार्टी विधि, विधान र पद्दति अनुसार चल्नुपर्दछ भनेर । वहाँकै शब्दमा पनि वहाँमाथि कारबाही हुनुपर्ने अवस्था देखिन्छ । वहाँले कुन विधि, विधान र पद्दति अनुसार आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री त्यस्ता गम्भीर र संगीन आरोपहरु लगाउनुभयो त ? वहाँहरुले लगाएका आरोपहरुलई हेर्दा आरोपहरुको पुष्टि गर्ने कार्य आरोप लगाउनेहरुकै दायित्व भित्र पर्दछ । आरोप प्रमाणित भए प्रधानमन्त्री ओलीमाथि तत्काललाई कारबाही हुनुपर्दछ ।

तत्कालिन नेकपा एमालेको महासचिव पदमा रहेर माधव नेपालले १४ वर्षसम्म एमालेलाई नेतृत्व गरेका थिए । झलनाथ खनाल समेत नेकपा एमालेका महसचिव भईसकेका व्यक्ति हुन् । माधव नेपाल र केपी ओलीबीचमा कहिल्यै राम्रो सम्बन्ध हुन सकेको थिएन, त्यसैको फाइदा उठाउन दर्ता खारोज भएको नेपाल कम्युनिष्ट पार्टीमा रहेका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले पार्टी भित्रै खेलेर नेपाल खनाल पक्षलाई आफ्नो पक्षमा लिएका थिए । दाहालले एउटै तिरले दुई शिकार गर्न खोजेको भएपनि त्यसलाई अदालतले ब्रेक लगाईीदएको थियो । त्यही ब्रेकपछि नेपाल खनाल बाध्य भएर नेकपा एमालेमा फर्किएका हुन् । तर भौतिक रुपमा वहाँहरु नेकपा एमालेमा रहेपनि वहाँहरुको मन मस्तिष्क दाहालकै सहयोग मागिररहेका छन् । त्यही कारण माधव नेपालले पटक पटक गोप्य रुपमा दाहालसँग वार्ता गरिरहेका छन् । एउटा पार्टीका वरिष्ठ नेताले अर्को पार्टीको अध्यक्षलाई गोप्य रुपमा भेटघाट गर्नुको अर्थ के ? पछिल्लो समयमा नेकपा एमाले भित्र नेपाल खनाल समूह कमजोर अवस्थामा पुगेका छन् । हिजो वहाँहरुलाई साथ दिने व्यक्तिहरुले नै वहाँहरुलाई छोड्दै संस्थापन पक्ष तिर गएका हुनाले वहाँहरुलाई छटपटी बढ्दै गएको छ । आफूले प्रमाणित नै गर्न नसक्ने विषयका आरोपहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री माथि लगाउनुले गर्दा नै वहाँहरु कमजोर अवस्थामा पुग्नुभएको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।

footer