kumari
stcnepal

प्रहरीले पैसा असुलेको ठहर

 

काठमाडौं । लकडाउनमा रातारात बस, ट्रक चलाउने र मनपर्दी भाडा असुल्नेहरुले ढाट ढाटमा खटिएका प्रहरीलाई घुस दिएर पार गर्ने गरेको रहस्य खुलेआम सार्वजनिक भएपछि अप्ठेरोमा परेको प्रहरी प्रशासनले पथलैया, रुपन्देही, विराटनगरका नाका नाकामा खटिएका र रकम असुल्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयहरुमा तान्न थालेको छ ।

पथलैयाबाटमात्र ११ प्रहरी तानिएका छन् । तानिएकाले हामीलेमात्र लिएको हो र ? भन्दै भागबण्डा लगाएको पोल खोलिदिएपछि प्रहरी प्रधान कार्यालय कारवाही नै गर्न नसक्ने स्थितिमा पुगेको छ ।
रकम असुलेको निश्चित भएपछि पनि रकम असुल्ने, असुल्न लगाउने कसैलाई पनि कारवाही नगर्नु भनेको प्रहरी प्रशासन फितलो हुनुको प्रमाण हो । सेवा नै धर्म हो भन्ने प्रहरी प्रशासनमा जनता ठग्ने, भ्रष्टाचार गर्ने कार्य झन बढ्दै जाने निश्चित छ । अनेक ठेक्कापट्टादेखि रकम असुलउपर गर्ने कार्यमा समेत प्रहरी फस्दै जानु र हत्या हिंसा, बलात्कारका घटनामा प्रमाण मेटाउने र मिलोमतो गर्ने कार्यमा समेत प्रहरी लाग्नुले प्रहरी प्रशासन भनेको गुण्डागर्दी गर्ने अड्डाका रुपमा चिनिन थालेको छ । प्रहरी आफै सुरक्षा थ्रेट बन्नु दुर्भाग्यको संकेत हो ।

footer