kumari
stcnepal

किसानले हस्ताक्षर नगरे ४० करोड डुब्ने, उखु किसानसँगको सम्झौता अन्योलमा

काठमाडौ
गत पुस १७ गते सरकार र उखु किसानबीच पाँच बुँदे सम्झौता भएको हुनाले सो सम्झौता बमोजिम २१ दिनभित्र सम्झौता रकममध्ये ६५ करोड रुपैयाँ किसानले प्राप्त गरिसक्नुपर्ने थियो तर ८ महिना बितिसक्दा पनि किसानले अझै सम्पूर्ण रकम पाएका छैनन् ।
सोही सम्झौता बमोजिम सरकारले उखु किसानको भुक्तानी लगायतका समस्याबारे अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरेको हो ।

सो ११ सदस्यीय समितिमा किसानका पाँचजना प्रतिनिधि रहेका छन् । प्राविधिक समितिले अध्ययन गरेर प्रतिवेदन तयार गरे पनि किसानहरुले आफ्नो चाहना अनुसार प्रतिवेदन नआउँदा सो प्रतिवेदनमा हस्ताक्षर गर्न अझै मानेका छैनन् ।

footer