kumari
stcnepal

अफगानिस्तानको घटनाक्रम नजिकबाट नियालिरहेका छन्, नेपाल सरकार

काठमाडौं ।
सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको हो ।
नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । त्यस्तै अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको हो । सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको हो ।

footer