२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफगानिस्तानको घटनाक्रम नजिकबाट नियालिरहेका छन्, नेपाल सरकार

858
shares

काठमाडौं ।
सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको हो ।
नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । त्यस्तै अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको हो । सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports