kumari
stcnepal

सरकारकै कारण कठिन परिस्थितिमा दशैं

 

नेपालीहरुको महान चाड वडादशैं सुरु भएको छ । विश्वभरमा रहेका हिन्दु धर्मावलम्बीहरुले दशैंलाई आफ्नो महान् चाड पर्वका रुपमा मनाउने गरेका छन् । यस पटकको दशैं हिन्दु धर्मावलम्बीहरुको लागि मात्र नभएर अन्यलाई समेत कष्टकर हुने निश्चित रहेको छ । नेपाल लगायत विश्वभरममै कोरोनाको संक्रमितहरुको संख्या केही मात्रामा घट्दै गएको भएपनि कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
कोभिड–१९ नियन्त्रणमा आउन नसकिरहेको बेला डेँगु फैलिएको छ । नेपालमा पनि दिनप्रतिदिन डेंगुको विरामीहरुको संख्यामा बृद्धि भईरहेको छ । परमादेशको सरकारले डेंगु नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन । सरकारको गैरजिमेवारीपनले गर्दा डेँगुको विरामीहरुले परिक्षणमा महंगो शुल्क तिर्नुपरेको छ । सरकारी अस्पतालहरुमै एउटै शुल्क निर्धारण गर्न सरकार असफल सावित भएको छ ।
एकातिर नेपाली जनता कोरोना र डेँगुले थला परेका छन् भने अर्कोतिर शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकारले महंगी नियन्त्रण समेत गर्न सकेको छैन । सरकारकै कारण मूल्यबृद्धि भएको छ । हिन्दु धर्मावलम्बीहरुका महान् चाडपर्व दशैं, तिहार, छठ पर्व जस्ता पर्वहरुमा अधिक मात्रामा खपत हुने चीनी बजारमा हाहाकार भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खोलेको सुपथ मूल्यका पसलहरुमा चीनी राखिएको छैन ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार, छठ पर्वलाई मध्यनजर गरेर साल्ट टेडिङ्ग कर्पोरेशन र सरकारी पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था कम्पनीमार्फत चीनी विक्रि वितरण गर्न ५० हजार मेट्रिकटन चीनी ५० प्रतिशत छुटमा आयात गर्न अनुमति दिनुपर्ने भन्दै अर्थ मन्त्रालयमा पत्र पठाएको भएपनि अर्थ मन्त्रालयले अनुमति नदिएकै कारण पहिला रु ७५÷८० मा पाइने चीनीको मूल्य अहिले १ सय १० देखि १ सय २० रुपैँया प्रतिकिलो पु¥याइएको छ । अर्थमन्त्री र अर्थ मन्त्रालयका उच्च तहका सरकारी कर्मचारीहरुको कालाव्यापारी र उद्योगीहरुसँग निकट सम्बन्ध रहेकाले उनीहरुलाई सहयोग पुग्ने गरी चीनी आयातको अनुमति नदिएको प्रष्ट भएको छ ।
केही कालाव्यापारी र उद्योगीहरुले नेपालमा उत्पादन भएको चीनी लुकाएर राखेका थिए । साल्ट टेडिङ्गले चीनी विक्रि वितरण गरुन्जेल उनीहरुले चीनी विक्रि वितरण गरेनन् जब साल्ट टेडिङ्गसँग चीनी सकियो अनि उनीहरुले आफूहरुसँग भएको चीनी विक्रि वितरण गर्न थालेका छन् । साल्टले ७९ प्रतिकिलो रुपैँयामा चीनी विक्रि वितरण गर्दै आएको थियो । साल्टले सहुलियत दरमा चीनी आयातको लागि अनुमति ६ महिना अगाडि नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मागेको थियो तर सरकारले आयातको अनुमति नै नदिएर बजारमा चीनीको हाहाकार बनाएको छ ।
चीनी आयातमा सरकारले ४० प्रतिशत भन्सार कर लगाएको हुनाले कुनैपनि उद्योगी र व्यापारीहरुले चीनी आयात गर्न सक्ने अवस्था नभएकाले गर्दा विगतका सरकारहरुले ५० प्रतिशत छुट अर्थात २० प्रतिशत भन्सार छुटमा चीनी आयात गर्न साल्टलार्ई दिने गरेको थियो । तर यसपटक परमादेशको देउवा सरकारले साल्टलाई चीनी आयात गर्न अनुमति नदिएर जनतालाई महंगो मूल्यमा चीनी खरिद गर्न बाध्य पारेको छ ।
वर्तमान देउवा सरकार नै साल्ट टे«डिङ्ग कर्पोरेशनलाई ध्वस्त पार्ने रणनीतिमा लागेको छ । साल्टले जस्तोेसुकै कठिन परिस्थितिमा पनि नेपाली जनतालाई आवश्यक पर्ने समानहरु विक्रि वितरण गर्दै आएको छ । भूकम्पको बेला साल्टले सहज रुपमा नेपाली जनतालाई ग्यास उपलब्ध गराएको थियो भने, अन्य अत्यावश्यक सामानहरु समेत साल्टले विक्रि वितरण गर्दै आएको छ । साल्टले चीनी, चामल, दाल, मैदा, ग्याँस खाने तेल लगायत कागज समेत सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।
२०२२ सालमा ३ पी अन्र्तगत गठन भएको साल्टलाई ध्वस्त पार्ने रणनीतिमा लागेका शशीकान्त अग्रवालसहितका केही काला व्यापारीहरुसँगको मिलेमतोमा सरकारले साल्टले विक्रि वितरण गर्दै आएको आयोडिनयुक्त नुन समेत काला व्यापारीहरुलाई विक्रि वितरण गर्न खुल्ला गर्ने प्रयास गरेका थिए । साल्टले आयात गरी मुलुकभरमा नुनको विक्रि वितरण गर्दै आएको छ । त्यही नुनको व्यापार गर्न काला व्यापारीहरुलाई दिएको खण्डमा नुनको मूल्य उपत्यकामै घटीमा ५० रुपैँया पर्दछ भने दुर्गम जिल्लाहरुमा घटीमा रु. १५० देखि २०० सम्म पर्ने निश्चित रहेको छ ।
नेपाली जनताको सेवा सुविधामा भन्दा पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थमा राजनैतिक दलका नेताहरु लागेका हुनाले जनताले आवश्यक सेवा सुविधा पाउन सकेका छैनन् भने दशैं जस्तो महान् चाडपर्वमा समेत जनताले कुनै सुविधा पाउन सकेका छैनन् । यस्तो कठिन अवस्थामा पनि जनताले आफ्नो महान् पर्व दशैं, तिहार छठ मनाउनुपर्ने भएको छ । यस्तो जटिल परिस्थितिमा हामी सम्पूर्ण हिन्दु धर्मावलम्बी र नेपाली जनतालाई धैर्यताका साथ दशैं, तिहार र छठ पर्व मनाउन कामना गर्दै २०७९ को दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौँ ।

footer