kumari
stcnepal

नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका सुझाव

काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई अर्थतन्त्र सुधारका लागि सुझाव सहित ज्ञापन पत्र बुझाएको छ । जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने नेकपा एसले बताएको छ ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ । त्यसैगरी बहुवर्षिय योजनाका नाममा बजेटमा छुट्याउने र काम नहुने समस्या अन्त्य गर्नुपर्ने, सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने र नीति क्षेत्र तथा सहकारीलाई पनि आकर्षित गर्नुपर्ने सुझाव दिइएको छ ।

footer