kumari
stcnepal

विदेश पठाइदिने भन्दै ठगी गर्ने गिरोह प्रहरीद्धारा पक्राउ

राम्रो कामका लागि विदेश पठाइदिन्छु भनेर ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । कार्यालयले पक्राउ परेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको पाइएको छ । भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

footer