kumari
stcnepal

आजको मौसम : देशका पहाडी भूभागमा क्षणिक बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। भोलि पनि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

footer