linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम : देशका पहाडी भूभागमा क्षणिक बर्षाको सम्भावना

611
shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। भोलि पनि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports