kumari
stcnepal

नेपाली नर्सलाई बेलायत पठाउन आज देखी आवेदन खुल्यो, यस्तो छ प्रकृया र सुबिधा

काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारमा पठाउन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा प्रारम्भिक चरणमा एक सयजना नर्सलाई बेलायत पठाउन लागेको हो । मन्त्रालयका अनुसार जुलाई २० (साउन ४) देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलिसकेको छ ।

असार ६ गते बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको थियो । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको थियो ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको छ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकट समेत बेलायत सरकारले बेहोर्ने छ । यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् ।

footer