kumari
stcnepal

विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल

काठमाडौं । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । शुक्रबारको परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए । जसमध्ये १०१ अर्थात ४८.३३ प्रतिशत पास र १०३ अर्थात ५१.६७ प्रतिशत चिकित्सक फेल भएका हुन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी थिए ।

footer