kumari
stcnepal

उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने छ : कानुन मन्त्री धनराज

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका हुन् । सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुने बताए ।

‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन,’ उनले भने, ‘यो कार्यान्वयन नै गर्र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’ सरकार सुशासन स्थापित गरेर देशलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए । नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरण सँगै अहिले सुन काण्ड आएको भन्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए ।

भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अघि बढ्ने बताए । सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रुपमा हेर्न नहुने उनले बताए ।उनले भने, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याइँले गर्दा भएको हो रे । त्यति ठूलो पहेँलो हात्ती गेटबाट छिर्दाख साधारण हेलचेक्र्याइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’

footer