विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने छ : कानुन मन्त्री धनराज

767
shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका हुन् । सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुने बताए ।

‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन,’ उनले भने, ‘यो कार्यान्वयन नै गर्र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’ सरकार सुशासन स्थापित गरेर देशलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए । नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरण सँगै अहिले सुन काण्ड आएको भन्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए ।

भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अघि बढ्ने बताए । सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रुपमा हेर्न नहुने उनले बताए ।उनले भने, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याइँले गर्दा भएको हो रे । त्यति ठूलो पहेँलो हात्ती गेटबाट छिर्दाख साधारण हेलचेक्र्याइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports