kumari
stcnepal

देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघे, १२ जनाको निधन

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुस देखि हाल सम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ ।

हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

footer