kumari
stcnepal

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेशमा अध्यक्ष थापा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मरबहादुर थापाले पाएका छन् ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो ।
दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गएको वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न फ्लोर क्रस गरेका थिए। त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गएको छ।
एमालेभित्रको समूहगत विभाजनका क्रममा कर्णालीमा फ्लोर क्रस गरेका सबै नेकपा (एस)मा लागेका छन्।
कर्णाली प्रदेश अध्यक्ष थापा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् ।

 

 

footer