kumari
stcnepal

भीमबहादुर विकलाई कुटपिट गरी हत्या गरिएको विरोधमा आज माइतीघरमा प्रदर्शन

 

काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा आज (शनिबार) काठमाडौंमा प्रदर्शन गरिएको छ ।
अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका छन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् ।

भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

footer