प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीमबहादुर विकलाई कुटपिट गरी हत्या गरिएको विरोधमा आज माइतीघरमा प्रदर्शन

520
shares

 

काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा आज (शनिबार) काठमाडौंमा प्रदर्शन गरिएको छ ।
अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका छन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् ।

भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports