kumari
stcnepal

काग्रेसको माग आलोपालो सरकारको नेतृत्व हुनुपर्ने

 

विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । काग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आज विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । तर फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ ।

एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको छ । संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताउदै यस प्रदेशमा समेत सरकारको नेतृत्व आलोपालो हुनुपर्ने प्रस्ताव अगाडी सारेका छन् ।

footer