kumari
stcnepal

ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश

झापा । झापामा आज ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गर्नुभएको हो । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । चर्चित स्वास्थ व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा पूर्व अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । स्मरण रहोस् झापा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला समेत हो ।

 

footer