सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश

481
shares

झापा । झापामा आज ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गर्नुभएको हो । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । चर्चित स्वास्थ व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा पूर्व अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । स्मरण रहोस् झापा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला समेत हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports