kumari
stcnepal

विरामीको निधनको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सक माथि हातपात

पोखरा । विरामीको निधनको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सक माथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनको उपचारको क्रममा निधन भएको छ ।दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टर माथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् । स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

footer