kumari
stcnepal

सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्का माथि हातपात

काठमाडौँ । काठमाडौँमा फेरि एक जना डाक्टरमाथि हातपात भएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । डा. खड्काका अनुसार बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै कुटपिट भएको हो । डाक्टर माथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू सडकमा आएर प्रदर्शन सुरु गरेका छन् ।

footer