kumari
stcnepal

सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता

भारी वर्षाका कारण उत्तरपश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारण सहित ४३ जना बेपत्ता भएका छन् । एएनआईले जनाएअनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजारदेखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ ।

सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलले धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबर आएको बताएका छन् । ‘हामीले सेनामा २३ जना हताहत भएको बारेमा पनि सुनिरहेका छौं, जसको पुष्टि उनीहरूसँग गर्न आवश्यक छ । करिब २० स्थानीय पनि बाढीपछि सम्पर्कमा आएका छैनन्’, उनले भनेका छन् ।

जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ । पाक्योङका डिस्ट्रिक्ट म्याजिस्ट्रेट चोपेलले राङ्पोको आईबीएम क्षेत्रमा १५० भन्दा बढी घरमा क्षति पुगेको र केही मानिसको ज्यान गएको जनाएका छन् । शैक्षिक संस्थाहरू माझीटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र सिङटाम र राङपोको बीचमा रहेको बारदाङको एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा पनि अचानक बाढी पसेको र पहिलो तल्ला जलमग्न भएको पाक्योङ जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।

footer