kumari
stcnepal

इजरायलमा आक्रमणमा परी १० जना नेपालीको निधन भएको पुष्टि, नाम सहित

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको निधन भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको निधन भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।

निधन हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाी बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, पचनली ३ का राजन फुलरा, लमपिजब ि८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ । त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।

footer