kumari
stcnepal

इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावास सँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध

काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै निधन भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायल स्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकार सँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको र मृतकको नामको सूची छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजिकार्य भइरहेको जनाइएको छ । दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकार सँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने जनाएको छ ।

footer