kumari
stcnepal

 बैंक वित्त कम्पनीको लाभांशः अधिकांश कम्पनीले दिंदैछन् बोनस शेयर

 

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत ३८ बैंक वित्त कम्पनीले गत वर्षको मसनाफाबाट लाभांश घोषणा गरेका छन् ।

अधिकांश कम्पनीको लाभांश दर गत वर्ष भन्दा बढेको छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस अनुसार पुस मसान्तसम्म कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्छ ।

सोही पक्षलाई ध्यान दिएर कम्पनीहरुले धमाधम लाभांश घोषणा, बुक क्लोज मिति तय र साधारण सभा बोलाइरहेका छन् । प्रतिफलको आशामा नै लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दछन् ।

समयमा साधारण सभा गरी लाभांश वितरण गर्न सक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएको मान्न सकिन्छ । लगानीकर्ताले यस्ता कम्पनी छनोट गर्ने एउटा प्रमुख आधार हुन सक्छ ।

१४ वाणिज्य बैंकको लाभांश घोषणाः अहिलेसम्म सबैभन्दा धेरै हिमालयन बैंकको

हालसम्म १४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । अन्य १३ बैंक भने लाभांश घोषणाको पक्रियामा रहेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने १४ वाणिज्य बैंकहरुमध्येमा हिमालयन बैंकले सकैभन्दा बढि २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सकैभन्दा कम कुमारी बैंकले करिब ९ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै, सबैभन्दा कम बोनस शेयर घोषणा गर्नेको पुच्छरमा एभरेष्ट बैंक रहेको छ ।

एभरेष्ट बैंकले कुल १० दशमलव ३२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, कुमारी बैंकले ८ लशमलव ६७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

यस्तै, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत , स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३ दशमलव ०६ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

हेरौं कुनको कति ?

footer