सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 बैंक वित्त कम्पनीको लाभांशः अधिकांश कम्पनीले दिंदैछन् बोनस शेयर

559
shares

 

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत ३८ बैंक वित्त कम्पनीले गत वर्षको मसनाफाबाट लाभांश घोषणा गरेका छन् ।

अधिकांश कम्पनीको लाभांश दर गत वर्ष भन्दा बढेको छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस अनुसार पुस मसान्तसम्म कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्छ ।

सोही पक्षलाई ध्यान दिएर कम्पनीहरुले धमाधम लाभांश घोषणा, बुक क्लोज मिति तय र साधारण सभा बोलाइरहेका छन् । प्रतिफलको आशामा नै लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दछन् ।

समयमा साधारण सभा गरी लाभांश वितरण गर्न सक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएको मान्न सकिन्छ । लगानीकर्ताले यस्ता कम्पनी छनोट गर्ने एउटा प्रमुख आधार हुन सक्छ ।

१४ वाणिज्य बैंकको लाभांश घोषणाः अहिलेसम्म सबैभन्दा धेरै हिमालयन बैंकको

हालसम्म १४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । अन्य १३ बैंक भने लाभांश घोषणाको पक्रियामा रहेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने १४ वाणिज्य बैंकहरुमध्येमा हिमालयन बैंकले सकैभन्दा बढि २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सकैभन्दा कम कुमारी बैंकले करिब ९ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै, सबैभन्दा कम बोनस शेयर घोषणा गर्नेको पुच्छरमा एभरेष्ट बैंक रहेको छ ।

एभरेष्ट बैंकले कुल १० दशमलव ३२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, कुमारी बैंकले ८ लशमलव ६७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

यस्तै, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत , स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३ दशमलव ०६ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

हेरौं कुनको कति ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports