बेइजिङ । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् । ५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङ स्थित नेपाली राजदुतावास परिवारलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।