kumari
stcnepal

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको राजिनामा आउदै

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । पहिला हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्री जी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा म विश्वस्त छु ।’
यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त हुन सक्ने बताइन् । यद्यपि अहिले छलफल जारी रहेकाले के हुने भन्न नसकिने उनको भनाइ थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ । तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्र बहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्यन गर्न काग्रेसले माग गरेको हुनाले मुख्यमन्त्री शाहीले राजीनामा दिने सम्भावना रहेको छ । स्मरण रहोस् शाही माओवादी केन्द्रका नेता हुन भने अव सत्ताको नेतृत्व नेपाली कागेस्रले लिन सक्ने सम्भावना रहेको छ ।

footer