सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको राजिनामा आउदै

585
shares

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । पहिला हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्री जी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा म विश्वस्त छु ।’
यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त हुन सक्ने बताइन् । यद्यपि अहिले छलफल जारी रहेकाले के हुने भन्न नसकिने उनको भनाइ थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ । तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्र बहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्यन गर्न काग्रेसले माग गरेको हुनाले मुख्यमन्त्री शाहीले राजीनामा दिने सम्भावना रहेको छ । स्मरण रहोस् शाही माओवादी केन्द्रका नेता हुन भने अव सत्ताको नेतृत्व नेपाली कागेस्रले लिन सक्ने सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports