कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीयमा विश्वकपमा बंगलादेशलाई पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
जीतसँगै नेदरल्याण्ड्स बंगलादेश र इंग्ल्याण्डलाई पछि पार्दै आठौँ स्थानमा उक्लेको छ । उता पाँचौँ पराजय बेहोरेको बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । यसअघि नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ६८ रनको योगदान दिए ।
त्यस्तै, वेस्ली बारेसीले ४१ रनको योगदान दिए । साइब्रान्ड एन्जलबर्चले ३५ तथा लोगन भान विकले २३ रन जोडे । बंगलादेशका लागि सोरिफूल इस्लाम, ताक्सिन अहमद, मुस्तफिजुर रहमान र मेहदी हसनले २–२ विकेट लिए ।