kumari
stcnepal

प्रधानन्यायाधिश जवराको नयाँ प्रस्ताव न्यायाधिशहरुद्धारा अस्वीकार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही महिनापछि सम्मानजनकरूपमा राजीनामा दिएर बाहिरिने प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।

न्यायाधीशहरूका तर्फबाट गठित वार्ता टोलीले उक्त प्रस्ताव स्वीकार्य नभएको जानकारी प्रधानन्यायाधीश जबरालाई गराएको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशले तत्काल मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रहेका न्यायाधीशहरू आज इजलासमा समेत बसेका छैनन् ।

सोमवार बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरेका न्यायाधीशहरू प्रधानन्यायाधीशको प्रस्तावमा असहमति जनाउँदै मंगलवार इजलासमा समेत नबसेका हुन् ।

आज प्रधानन्यायाधिश राणाले वन्दी प्रत्यक्षीकरण वाहेकका बैकिङ् कसूर सम्वन्धी मुद्धाहरु समेत पेशीमा राखेपछि न्यायाधिशहरुले सो विषयमा आपत्ति समेत जनाएका छन् ।

footer