kumari
stcnepal

सर्वोच्चमा आज पनि धर्ना जारी प्रधानन्यायाधिश राणाले तोके पेशी

काठमाडौँ । सर्वोच्च अदालतबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आज पनि आफ्ना लागि इजलास तोकेका छैनन् । राणाले अरू न्यायाधीशहरूका लागि ९ वटा इजलास तोकेका छन्। ती सबै इजलास बन्दीप्रत्यक्षीकरणका मात्र रहेका छन् ।
विवादमा फसेका प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पक्षमा रहेका न्यायाधीशले गत सातादेखि इजलासमा सुनुवाइ गरेका छैनन् ।

यसैबीच प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेको छ । धर्ना र विरोध कार्यक्रम जारी रहेपनि प्रधानन्यायाधिश राणा भने टसमस सम्म भएका देखिएको छैन । यहि कारणले गर्दा राणा र अन्य न्यायाधिशहरु वीच दुरी बढ्ने सम्भावना समेत देखिएको छ ।

सत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा राणाको चौतर्फी आलोचना भइरहेको छ ।

footer